२४ घण्टामा १,७७३ सवारी चालक कारबाहीमा, ६ लाखभन्दा बढी राजस्व संकलन


काठमाडौँ । उपत्यकामा बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १,७७३ चालकलाई कारबाही गरिएको छ। यसबाट राज्यकोषमा रु ६ लाख ४४ हजार ५०२ राजस्व संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरेका १०० जना, नियमविपरीत राइड सेयरिङ गरेका ११८ जना, सिग्नल बत्ती उल्लङ्घन गर्ने १३६ जना र तीव्र गतिमा सवारी चलाउने २३७ जना रहेका छन्। यसैगरी लेन अनुशासन उल्लङ्घन गर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ८९, सडक पेटीमा पार्किङ गर्ने १२०, एकतर्फी सडकमा सवारी चलाउने ९१ तथा अन्य नियम उल्लङ्घन गर्ने ८०० जनामाथि कारबाही गरिएको प्रहरीले जनाएको छ।

२०८३ जेष्ठ १६, शनिबार १०:५९ प्रकाशित
ट्रेन्डिङ समाचार