मध्यपहाडी राजमार्गमा जीप दुर्घटना, दुई यात्रुको ज्यान गयो
काठमाडौँ । मध्यपहाडी राजमार्गअन्तर्गत अछामको थापामोडमा जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको जीप शुक्रबार साँझ सडकबाट करिब २०० मिटर तल खसेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ। घाइतेहरूको सुर्खेतस्थित अस्पतालमा उपचार भइरहेको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।