ग्रे लिस्टबाट नेपाललाई छिट्टै बाहिर निकाल्ने सरकारको प्रतिबद्धता : अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्ले ले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले सरकारले वित्तीय पारदर्शिता, सुशासन र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका कानुनी तथा संस्थागत सुधारलाई तीव्रता दिने बताएका हुन् ।

उनले नेपालमाथि लागेको सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टको अवस्थालाई गम्भीर रूपमा लिइएको उल्लेख गर्दै त्यसबाट देशलाई छिटो मुक्त गराउने दिशामा सरकार केन्द्रित रहेको बताए ।

“नेपाललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो बाहिर निकाल्नेछौं,” अर्थमन्त्री वाग्लेले बजेट वक्तव्यमा भने ।

सरकारले वित्तीय अपराध नियन्त्रण, अवैध कारोबार निगरानी तथा नियामक निकायको प्रभावकारिता बढाउने योजनासमेत अघि सारेको जनाएको छ ।

२०८३ जेष्ठ १५, शुक्रबार १६:४३ प्रकाशित
ट्रेन्डिङ समाचार