यार्सागुम्बा संकलनबाट फर्किने क्रममा युवकको ज्यान गयो


काठमाडौँ ।  उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भीरबाट लडेर मृत्यु भएको छ।

प्रकाश गुरुङ दाजुभाइसँग बुद्ध हिमाल क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएका थिए। संकलनपछि घर फर्किने क्रममा उनी सम्पर्कविहीन भएपछि आफन्तले खोजी गरेका थिए। खोजीका क्रममा ग्यासियर क्षेत्र नजिकै भीरबाट लडेको अवस्थामा उनको शव फेला परेको स्थानीयले बताएका छन्।

मृतकको शव गाउँ ल्याइएको छ भने गुरुङ समुदायको परम्परा अनुसार दाहसंस्कार गरिने जनाइएको छ। कठिन हिमाली भूगोल र प्रतिकूल मौसमका कारण यार्सागुम्बा संकलनका क्रममा हरेक वर्ष दुर्घटना दोहोरिने गरेको स्थानीयको भनाइ छ।

२०८३ जेष्ठ ९, शनिबार १४:२८ प्रकाशित
ट्रेन्डिङ समाचार