६१ कर्मचारीको सरुवा, ट्रेड युनियनकर्मी पनि सेवा निकायमा खटाइए


काठमाडौँ  । भूमिव्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार   १६ जना उपसचिवसहित ६१ जना कर्मचारीको सरुवा गरेको छ । मन्त्रालयले ठुलो संख्यामा शाखा अधिकृतहरुको पनि सरुवा गरेको छ । उपचिवहरु सरुवा गर्दा निमित्त रहेका स्थानीय तहको नगरपालिकामा कोही पनि पठाइएको छैन् । स्थानीय तहमा निमित्त शून्य बनाउने सरकारी प्रतिवद्धता कार्यान्वयन हुन सकेको छैन् ।
यसैगरी मन्त्रालयले नायब सुब्बा ,नासु,तथा खरिदार तहका कर्मचारीको पनि सरुवा गरेको छ ।
निजामती सेवाभित्रका ट्रेड युनियन संरचना हटाउने निर्णयपछि खारेजीमा परेका ट्रेड युनियन तथा कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूलाई पनि विभिन्न कार्यालयमा जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ । यस अघि ट्रेड युनियनका पदाधिकारीहरु हाजिरै नगरी तलब खाने गरेका थिए । उनीहरु कुनै एक निकायमा दरबन्दि राखेर कामै नगरी त्यसै जागिर खाँदै आएका थिए । अध्यादेश मार्फत ट्रेड यूनियन खारेज गरेसँगै ट्रेड युनियनकर्मीहरुलाई जिम्मेवारी दिएर पठाइएको हो ।

हेर्नुहोस् सूची:

२०८३ जेष्ठ ८, शुक्रबार २०:३६ प्रकाशित
ट्रेन्डिङ समाचार