सत्ती भन्सारले बरामद सामान लिलाम गर्ने


काठमाडौं । कैलालीको टीकापुरस्थित भन्सार विभाग अन्तर्गत सत्ती भन्सार कार्यालयले चोरी पैठारी मुद्दामा बरामद भएका विभिन्न मालवस्तु खुला बोलकबोल (लिलाम बढाबढ) मार्फत बिक्री गर्ने भएको छ। कार्यालयले जेठ २१ गते दिउँसो १ बजेदेखि २ः३० बजेसम्म कार्यालय परिसरमै लिलाम प्रक्रिया सञ्चालन गर्ने जनाएको छ।

लिलाममा कस्मेटिक सामग्री, मोबाइलका पार्टपुर्जा, पानी तान्ने मोटर, बोरिङ पाइप, पुराना ब्याट्री, लत्ताकपडा, भाँडाकुँडा तथा साइकल–अटोका ट्युबलगायतका सामान समावेश छन्। ती सामानहरूको प्रारम्भिक न्यूनतम मूल्य ३ लाख ७० हजार ४८० रुपैयाँ तोकिएको छ।

सबैभन्दा बढी रकम कबोल गर्ने व्यक्तिलाई लिलाम स्वीकृत गरिनेछ भने सकारकर्ताले ७ दिनभित्र सम्पूर्ण रकम र कर बुझाएर सामान उठाउनुपर्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार