एमाले महाधिवेशनमा मतदान स्थगित, भोलि विहान ८ बजेबाट हुने


काठमाडौं

एमालेको ११ औ महाधिवेशनमा नेतृत्व चयनका लागि मंगलबार गर्ने भनिएको मतदान एकाएक स्थगित भएको छ ।भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको एमाले नेता शंकर पोखरेलले बताए ।

प्रतिनिधिहरू भोट हाल्न २ घण्टासम्म लाइन बसेका थिए । राती ९ बजेलाई मतदानको समय तोकिएको थियो । तर, अन्तिममा आएर प्राविधिक समस्याका कारण मतदान स्थगित भएको बताइएको छ ।मतदान स्थगित भएसँगै प्रतिनिधि र उम्मेदवारहरू तितिरबितर भएका छन् ।
आज बिहान १० बजेदेखि नै मतदानको समय तोकिएकोमा विद्युतीय मेसिनमा उम्मेदवारको विवरण प्रविष्टमा प्राविधिक समस्या देखिएको बताइएको छ ।
सुरूमा अल्फाबेटिकल अर्डर र पछि फन्टको समस्या देखिएको थियो । जसका कारण निर्वाचन अवरुद्ध भयो ।

 

२०८२ पुष १, मंगलवार २२:४५ प्रकाशित
ट्रेन्डिङ समाचार