बंगलादेशको विद्यालयमा विमान दुर्घटना हुँदा कम्तीमा १९ जनाको मृत्यु


बङ्ग्लादेशमा वायुसेनाको एउटा विमान राजधानी ढाकामा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ ।

वायुसेनाले तालिमका लागि प्रयोग गर्ने विमान आज दिउँसो उत्तराको माइलस्टोन स्कूल तथा कलेजको भवनमा ठोक्किँदा अन्य १ सय ५० जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ ।

घाइतेहरूलाई ढाका मेडिकल कलेज नजिकै रहेका अस्पतालहरूमा भर्ना गरिएको छ । विद्यालयमा परीक्षा सञ्चालन हुँदै गरेको समयमा विमान दुर्घटना भएको एक जना विद्यार्थीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

यसैबीच विमान दुर्घटनाको कारण पत्ता लगाउन छानबिन गर्ने सरकारका कानूनी सल्लाहकार प्राध्यापक असिफ नजरुलले जानकारी दिनुभएको छ । सरकारले भोलि देशभरि शोक मनाउने घोषणा गरिसकेको छ ।

२०८२ श्रावण ५, सोमबार २१:१८ प्रकाशित
ट्रेन्डिङ समाचार