
काठमाडौं। सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ। ६१ किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेकी रोकालाई काठमाडौं जिल्ला अदालतले दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।
तर, रोकालाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सीआइबीका प्रवक्ता एवं एसपी युवराज खड्काले रोकालाई सम्पत्ति शुद्धिकरणबाट पत्र आएकोले पक्राउ गरिएको बताए ।
६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो ।
२०८२ असार ९, सोमबार १७:४२ प्रकाशित