ADVERTISEMENT

अमेरिकाद्वारा इरानका तीनवटा परमाणु केन्द्रमा आक्रमण


काठमाडौं। इजरेयल र इरानबीचको युद्धमा अमेरिका पनि संलग्न भएको छ। अमेरिकाले इरानको फोर्दो लगायत तीनवटा पारमाणविक केन्द्रमा सफल बम आक्रमण गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् जानकारी दिएका छन्।

ती दुई देशबीच युद्ध शुरु भएको दुई हप्ता नपुग्दै अमेरिकाले इजलरेयललाई सहयोग पुग्ने र इरानका सामरिक स्थलहरू नष्ट गर्ने गरी आक्रमण शुरु गरेको हो।

इरानले शुक्रबार आफूले तेहरानमा आम्रकण ३ सैन्य कमाण्डर मारेको र तिनमा हमाससँग सम्पर्कमा रहेका सैन्य अधिकृत पनि मारिएको जनाएको छ। अमेरिकाले भने राजधानी तेहरानबाट ९६ किलोमिटर टाढा रहेका आणविक केन्द्रहरूमा आक्रमण गरेको बताएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार