एजेन्सी । दिल्ली विश्वविद्यालयका पूर्व प्राध्यापक जीएन साईबाबाको शनिबार साँझ हैदराबादको निम्स अस्पतालमा निधन भएको हो । राति ८स्३६ मा उनले अन्तिम श्वास लिए ।
गत महिना उनको पित्त थैली हटाउन शल्यक्रिया गरिएको थियो, त्यसपछि उनको मुटुले काम नगरेको जटिलताका कारण उनलाई अस्पताल लगिएको थियो।
डाक्टरहरूले उनलाई सीपीआर दिए पनि उनको ज्यान बचाउन सकेनन् । त्यसपछि निम्सका चिकित्सकले साईबाबाको मृत्यु भएको घोषणा गरेका थिए ।
यसअघि जीएन साईबाबालाई सन् २०१४ मा गैरकानूनी गतिविधि रोकथाम ऐन ९यूएपीए० अन्तर्गत पक्राउ गरिएको थियो। उनीमाथि माओवादी संगठनसँग सम्बन्ध रहेको आरोप लागेको थियो ।
सन् २०१७ मा, अदालतले उनलाई दोषी ठहर गर्दै आजीवन कारावासको सजाय सुनायो । तर अक्टोबर १४, २०२२ मा, बम्बई उच्च अदालतको नागपुर बेन्चले जीएन साईबाबालाई रिहा गर्यो।
२४ घण्टाभित्र सर्वोच्च अदालतका न्यायाधीश एमआर शाह र न्यायाधीश बेला त्रिवेदीको विशेष इजलासले उच्च अदालतको फैसला उल्टाएको थियो ।