ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका भ्रष्टाचार मुद्दा गैरराजनीतिक व्यक्ति तल्लो तहका कर्मचारीहमा सीमित

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेका विभिन्न प्रकृतिका भ्रष्टाचार मुद्दाहरू गैरराजनीतिक व्यक्ति तल्लो तहका कर्मचारीहरुमा सीमित रहेको पाइएको छ ।

अख्तियारले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा सबैजसो भ्रष्टाचारमुद्दामा तल्लो तहका व्यक्तिहरु मुछिएको देखिन्छ ।प्रतिवेदन हेर्दा अख्तियार संघीय तहका अनियमिततामा स्थानीय तहका जनप्रतिनिधिमा ज्यादा केन्द्रित भएको देखिन्छ ।

कर्मचारीहरु जोडिएको भ्रष्टाचार मुद्दामा माथिल्लो तहमा भन्दा तल्लो तहका कर्मचारीमाथि कारबाही भएका उदाहरण बढी भेटिन्छन् । नक्कली प्रमाणपत्रदेखि घुस र गैरकानुनि सम्पत्ति जोडेका भ्रष्टाचारमुद्दाहरु यस्तै प्रकृतिका छन् ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार