एमाले नेतृ शान्ता चौधरीको अचार डुबानमा


काठमाडौँ । नेकपा एमालेकी नेतृ शान्ता चौधरीको अचार गोदाम डुबानमा परेको छ । गएराती देखिको अविरल बर्षाका कारण ग्वार्को खोलामा आएको बाढीले उनको अचार राखेको ठाउँ डुबेको हो । ग्वार्कोमा खोला छेउ रहेको घरको तल्लो तलामा अचार गोदाम डुबेपछि सामाजिक सञ्जालबाट चौधरीले चिन्ता व्यक्त गरेकी छिन् ।

साथीभाईको सहयोगबाट डुबानमा परेको सबै अचार निकालीसकेको र खासै क्षति नभएको उनको भनाई छ । सामाजिक सञ्जाल फेसबुकमा उनले बाढी आएको ठाउँमा पुगेको चिन्तित अवस्थाको फोटो पोष्ट गरेकी छिन् । सामाजिक सञ्जाल प्रयोगकर्ता मध्ये कतिपयले

उनलाई सहानुभूति प्रकट गरेका छन् भने कतिपयले नदी किनार खाली गर्नुपर्छ भन्दा काठमाडौँ महानगर प्रमुख बालेनलाई अझै गाली गर भन्दै कटाक्ष गरेका छन् ।

२०८१ आश्विन १२, शनिबार १३:०६ प्रकाशित
ट्रेन्डिङ समाचार