ADVERTISEMENT

द्वन्द्वपीडितलाई न्याय दिन शान्ति सम्झौता कार्यान्वयन गर्न प्रचण्डको जोड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौताका बाँकी काम तत्काल पूरा गरी द्वन्द्वपीडितलाई न्याय दिन सरकारसँग आग्रह गरेका छन् ।

 

शान्ति सम्झौता भएको २० वर्ष पुगेको अवसरमा शुक्रबार वक्तव्य जारी गर्दै उनले सम्झौता नेपालको राजनीतिक रूपान्तरण, राष्ट्रिय एकता र शान्ति स्थापनाको महत्वपूर्ण आधार भएको बताएका छन् ।

 

प्रचण्डले शान्ति सम्झौताकै जगमा संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र र नयाँ संविधान निर्माण सम्भव भएको उल्लेख गरेका छन् ।

 

यद्यपि संक्रमणकालीन न्यायका काम अझै अधुरो रहेको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता नागरिकको अवस्था सार्वजनिक गर्ने र पीडितलाई न्याय दिने प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।

 

शान्ति सम्झौताको मर्म द्वन्द्व अन्त्यमा मात्र सीमित नभई पीडितलाई न्याय, सामाजिक मेलमिलाप र दिगो शान्ति स्थापना गर्नु पनि भएको उनको भनाइ छ । उनले बाँकी प्रक्रिया अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल र सरोकारवाला पक्षलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार