ADVERTISEMENT

पाँच जिल्लामा सवारी दुर्घटना, पाँच जनाको मृत्यु

काठमाडौँ । देशका पाँच जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन्।

 

बिहीबार दिउँसोदेखि रातिसम्म महोत्तरी, चितवन, बाँके, अर्घाखाँची र धादिङमा भएका दुर्घटनामा पाँच जनाको ज्यान गएको हो।

 

महोत्तरीमा मोटरसाइकल दुर्घटना हुँदा २२ वर्षीय कृष्ण महरा, चितवनमा मोटरसाइकल ट्रकमा ठोक्किँदा ३० वर्षीय अतिज श्रेष्ठ, बाँकेमा ट्याक्टरले अटोलाई ठक्कर दिँदा ४३ वर्षीय भीमबहादुर कामी र अर्घाखाँचीमा मोटरसाइकल ट्याक्टरमा ठोक्किँदा ४८ वर्षीय मुकुन्द चुदालीको मृत्यु भएको प्रहरीले जनाएको छ।

 

त्यस्तै, धादिङको रुबीभ्यालीमा बोलेरो दुर्घटना हुँदा ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको स्थानीय अस्पतालमा र केहीको काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

 

प्रहरीले विभिन्न दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार