ADVERTISEMENT

सुनको मूल्य एकैदिन १२ हजार २०० रुपैयाँले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला १२ हजार २०० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ५७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २२५ रुपैयाँले घटेको छ। बिहीबार ३ हजार ३३५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार घटेर ३ हजार ११० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

महासंघका अनुसार शुक्रबार १० ग्राम सुनको मूल्य २ लाख १० हजार ३९० रुपैयाँ र १० ग्राम चाँदीको मूल्य २ हजार ६६६ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार