काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दलसहित राजनीतिक दल र विषयविज्ञसँग छलफल नगरेको भन्दै नेपाली कांग्रेसले सरकारको आलोचना गरेको छ ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमणअघि साझा धारणा बनाउने लोकतान्त्रिक अभ्यास सरकारले पालना नगरेको बताएका छन् ।
कांग्रेसले भारतसँगको सम्बन्ध, व्यापार, ऊर्जा, पर्यटन, सीमा व्यवस्थापन र नेपाली श्रमिकका समस्यालगायत विषयमा सरकारलाई सुझाव दिने तयारी गरेको थियो । यसका लागि पार्टीले विषयविज्ञसँग आन्तरिक छलफलसमेत गरेको थियो ।
शर्माले प्रधानमन्त्रीको भारत भ्रमण सफल होस् भन्ने शुभकामना दिँदै भ्रमणलाई प्रचारमुखी नभई नेपालको राष्ट्रिय हित र नेपाली नागरिकले प्रत्यक्ष लाभ पाउने ठोस उपलब्धिमा केन्द्रित गर्नुपर्ने बताएका छन् ।
सम्बन्धित खबर




प्रतिक्रिया