काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने विषयमा छलफल भएको जनाएको छ।
शुक्रबार निर्वाचन आयोगले राजनीतिक दलका शीर्ष नेताहरूसँग गरेको छलफलपछि रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले दुवै विकल्पका फाइदा र बेफाइदाबारे चर्चा भएको जानकारी दिए।
उनका अनुसार स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल जेठ ५ गते सकिने भएकाले त्यसअघि नै निर्वाचन गर्नुपर्ने अवस्था छ। यस्तै, प्रदेश निर्वाचन मंसिरको पहिलो साता गर्नुपर्ने विषय पनि छलफलमा उठेको थियो।
प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्न सकिने वा नसकिने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रमा थप छलफल हुने खरेलले बताए।
उनले शुक्रबारको छलफल प्रारम्भिक चरणको मात्रै भएकाले यसबाट रास्वपाको आधिकारिक धारणा तय भइनसकेको स्पष्ट पारे। निर्वाचन आयोग, राजनीतिक दल, सरकार तथा अन्य सरोकारवालाबीच थप छलफल हुने उनको भनाइ छ।




प्रतिक्रिया