ADVERTISEMENT

सशस्त्र प्रहरीको पोसाक लगाएर टिकटक बनाउने युवक पक्राउ

धनगढी । सशस्त्र प्रहरी बल नेपालको पोसाक दुरुपयोग गरी टिकटकमा भिडियो पोस्ट गर्ने एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–४ का २१ वर्षीय दिनेश धामी रहेका छन्। हाल धनगढी उपमहानगरपालिका–१ त्रिवेणीचोकमा बस्दै आएका धामीले गत मंसिर १ गते सशस्त्र प्रहरीको पोसाक लगाएर भिडियो बनाई टिकटकमा पोस्ट गरेका थिए।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई मंसिर ३ गते नियन्त्रणमा लिएको हो।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार