ADVERTISEMENT

सरकार गठनदेखि संसद् विघटनसम्म असंवैधानिक भएको ओलीको आरोप

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार असंवैधानिक प्रक्रियाबाट गठन भएको आरोप लगाएका छन्।

 

नेसनल भोलेन्टियर्स फोर्सको स्थापना दिवसमा आयोजित कार्यक्रममा बोल्दै ओलीले सरकार गठन आतङ्क, आगजनी र तोडफोडबाट सुरु भएको दाबी गरे।

 

उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउँदै सर्वोच्च अदालतले समेत विघटनसम्बन्धी मुद्दामा समयमै फैसला नगरेको भन्दै असन्तुष्टि जनाए।

 

लोकतान्त्रिक व्यवस्था र संविधान कमजोर पार्ने गतिविधिविरुद्ध राज्यका निकायले प्रभावकारी भूमिका खेल्न नसकेको उनको भनाइ थियो। देशलाई संवैधानिक बाटोमा अघि बढाउन युवाहरू सङ्गठित हुनुपर्नेमा ओलीले जोड दिए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार