भक्तपुर । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, शान्ति सम्झौता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि भइरहेको प्रहारविरुद्ध आन्दोलनको तयारी गर्न आह्वान गरेका छन् ।
शनिबार भक्तपुरमा आयोजित राष्ट्रिय जागरण अभियान उद्घाटन गर्दै दाहालले सङ्घर्षबाट प्राप्त उपलब्धि कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाए । उनले शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने बताए ।
सुकुम्बासी, दलित, महिला तथा आदिवासी जनजातिलगायत समुदायको अधिकार र पहिचानमाथि चुनौती देखिएको उल्लेख गर्दै उनले संविधान, लोकतन्त्र र समावेशिताको रक्षाका लागि जनतालाई सचेत बनाउन कार्यकर्तालाई निर्देशन दिए ।
उनले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि नयाँ प्रतिबद्धतासहित अघि बढ्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर




प्रतिक्रिया