शुक्रबार निर्वाचन आयोगले आयोजना गरेको राजनीतिक दलहरूसँगको छलफलमा बोल्दै उनले मतदाताले निर्बाध रूपमा मतदान गर्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
विगतका निर्वाचनमा मतगणना, मतपरिणाम र मतपेटिका व्यवस्थापनमा विभिन्न गुनासा आएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा त्यस्ता समस्या दोहोरिन नदिन आयोगलाई सचेत गराए ।
प्रचण्डले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्न पनि माग गरे । यसका लागि आवश्यक कानुनी तथा प्राविधिक तयारीसँगै सम्बन्धित देशहरूसँग द्विपक्षीय संवाद गर्नुपर्ने उनको भनाइ थियो ।
त्यस्तै, स्थानीय तहको निर्वाचन वैशाखभित्र र प्रदेशसभाको निर्वाचन मङ्सिरमा गर्ने आयोगको प्रस्तावित कार्यतालिका उपयुक्त देखिएको उनले बताए । निर्वाचन दुई चरणमा गर्ने विषयमा भने पार्टीभित्र थप छलफलपछि निर्णय लिने उनको भनाइ छ ।
सम्बन्धित खबर




प्रतिक्रिया