काठमाडौं । सरकारले लगानी प्रवर्द्धन, उद्योग व्यवसाय सञ्चालन तथा पूर्वाधार विकासलाई सहज बनाउन दर्जनौं ऐन संशोधन गर्ने तयारी गरेको छ।
यसका लागि सरकारले ‘लगानी तथा पूर्वाधार सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ को मस्यौदा तयार पारेको छ।
अध्यादेशमार्फत सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, औद्योगिक व्यवसाय ऐन, कम्पनी ऐन, औषधि ऐन, जलस्रोत ऐन र नेपाल विद्युत् प्राधिकरण ऐनलगायतका कानुन संशोधन गर्न लागिएको हो।
त्यस्तै, जग्गाप्राप्ति, भूउपयोग, मालपोत, जग्गा तथा सवारी यातायात व्यवस्थासम्बन्धी ऐनमा समेत संशोधनको तयारी गरिएको छ।
निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका कानुनी सुधारका विषय समेट्दै लगानीमैत्री वातावरण निर्माण, प्रशासनिक प्रक्रिया सरलीकरण र पूर्वाधार विकासलाई सहज बनाउने उद्देश्यले सरकारले अध्यादेश ल्याउन लागेको हो।
सम्बन्धित खबर




प्रतिक्रिया