ADVERTISEMENT

‘संविधान कोमामा छ’ : देव गुरुङ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वमन्त्री देव गुरुङले मुलुकको राजनीतिक प्रक्रिया संविधान र विस्तृत शान्ति सम्झौताको मर्मविपरीत अघि बढिरहेको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले संविधान खारेज नभए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको टिप्पणी गर्दै संविधान अहिले ‘कोमा’ मा रहेको बताए ।

गुरुङले भदौ २३ र २४ गतेका घटनापछि विकसित राजनीतिक घटनाक्रमले शान्ति प्रक्रिया प्रभावित भएको दाबी गरे । संक्रमणकालीन न्यायको विषय बहुमत वा दुई तिहाइको सरकारबाट मात्रै समाधान नहुने उल्लेख गर्दै उनले द्वन्द्वरत पक्षबीच सहमति र राष्ट्रिय समझदारी आवश्यक रहेको बताए ।

उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू लामो समयदेखि पूर्णता पाउन नसकेको भन्दै राजनीतिक दलहरूबीच सहकार्य र सहमतिमार्फत संविधान तथा विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिए ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार