ADVERTISEMENT

शान्ति प्रक्रिया पूरा गर्न सरकार जिम्मेवार बन्नुपर्छ : पुष्पा भुसाल

काठमाडौँ । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले विस्तृत शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन वर्तमान सरकारले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताएकी छन् ।

शनिबार काठमाडौँमा आयोजित नेपाल अन्तर्राष्ट्रिय शान्ति सम्मेलनमा बोल्दै उनले शान्ति प्रक्रिया विगतमा सुरु भएको भन्दैमा वर्तमान सरकार दायित्वबाट उम्किन नमिल्ने स्पष्ट पारिन् ।

उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोग गठन गर्दा राजनीतिक दल, नागरिक समाज र मानव अधिकारवादी संस्थासँग समन्वय गर्नुपर्ने बताइन् । आयोग गठन मात्र नभई त्यसको काम पारदर्शी र जवाफदेही हुनुपर्नेमा उनले जोड दिइन् ।

भुसालले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गर्नु राज्यको दायित्व भएको बताउँदै शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन राष्ट्रिय सहमति र साझा प्रतिबद्धता आवश्यक रहेको उल्लेख गरिन् ।

साथै, सङ्क्रमणकालीन न्यायको विषयमा नेपाली कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरिन् ।

 

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार