काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा सुरक्षा सतर्कता बढाउन र अपरिचित व्यक्तिको प्रवेशमा कडाइ गर्न निर्देशन दिएका छन् ।
बिहीबार भेलाको दोस्रो दिन सम्बोधन गर्दै ओलीले कार्यक्रमस्थलमा प्रवेश गर्ने व्यक्तिमाथि निगरानी राख्न स्वयंसेवकहरूलाई आग्रह गरे । उनले सबै नेता तथा कार्यकर्तालाई परिचयपत्र अनिवार्य लगाउन निर्देशन दिँदै बैठकस्थलमा अनुशासन र शान्ति कायम राख्नुपर्ने बताए ।
ओलीले अनावश्यक भेटघाट र कुराकानीमा बैठकको समय खर्च नगर्न आग्रह गर्दै निर्धारित कार्यसूचीअनुसार कार्यक्रम सम्पन्न गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित खबर




प्रतिक्रिया