काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने बताएका छन् ।
काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै ओलीले उक्त घटनालाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलापको संज्ञा दिए ।
उनले एमालेले उक्त घटनालाई तत्कालीन अवस्थामा पनि स्वीकार नगरेको र भविष्यमा पनि स्वीकार नगर्ने स्पष्ट पारे । ओलीले दुई ठूला राजनीतिक दलबीचको सहकार्यले देशमा स्थिरता र स्थायित्व कायम गर्ने उद्देश्यले कांग्रेस–एमालेको सरकार गठन गरिएको पनि बताए ।
दुई दलबीचको सहकार्यबाट निर्वाचनसम्म सरकार ढाल्न नसकिने अवस्था सिर्जना हुने देखेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएर भदौ २३–२४ को घटना गराएको उनको दाबी छ ।
सम्बन्धित खबर




प्रतिक्रिया