काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले बिलबिजकबिना बाराबाट काठमाडौं ल्याउँदै गरेको ११ लाख ५९ हजार २०० रुपैयाँ बराबरको काजु बरामद गरेको छ।
बिहीबार मंसिर ३ गते काठमाडौंको कीर्तिपुर–६, चोभारस्थित सुक्खा बन्दरगाहको मुख्य प्रवेशद्वार अगाडिबाट काजु बरामद गरिएको हो।
विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले मधेश प्रदेश ०३–००१ ज ०४७३ नम्बरको विद्युतीय गाडी जाँच गर्ने क्रममा बिलबिजकबिनाको काजु फेला पारेको थियो।
काजुसहित काठमाडौं महानगरपालिका–२५ का रोशनकुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
सम्बन्धित खबर




प्रतिक्रिया