काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले सन् २०२७ जुन ३ मा विश्वप्रसिद्ध लर्ड्स क्रिकेट मैदानमा बंगलादेशसँग टी–२० अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ।
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले बिहीबार सार्वजनिक गरेको भ्रमण तालिकाअनुसार नेपालले इंग्ल्यान्ड भ्रमणका क्रममा स्कटल्यान्ड, बंगलादेश र आयरल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले जुन १ मा स्कटल्यान्डसँग ५० ओभरको खेल खेल्नेछ भने जुन ३ मा लर्ड्समा बंगलादेशसँग टी–२० खेल्नेछ। त्यस्तै, जुन ६ मा आयरल्यान्डसँग ५० ओभरको खेल हुनेछ।
यसैगरी, जुन ९ मा आयरल्यान्डसँग टी–२० खेल्ने नेपालले जुन ११ र १२ मा बेकनहममा थप दुई टी–२० खेल खेल्नेछ।
लर्ड्समा हुने नेपाल र बंगलादेशबीचको खेल पुरुष अन्तर्राष्ट्रिय तथा घरेलु क्रिकेट एकै दिन आयोजना हुन लागेको पहिलो अवसर हुनेछ। नेपालले यसअघि सन् २०१८ मा नेदरल्यान्ड्ससँग लर्ड्समै टी–२० अन्तर्राष्ट्रिय खेलेको थियो।




प्रतिक्रिया