काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला तथा अन्तरसंवाद कार्यक्रम आयोजना गर्ने भएको छ।
एमाले स्थानीय विकास विभागको आयोजनामा शुक्रबार बिहान ११ बजेपछि पार्टी केन्द्रीय कार्यालय च्यासलमा भेला सुरु हुनेछ।
भेलालाई पार्टी अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता विद्यादेवी भण्डारी र महासचिव शंकर पोखरेललगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
यसअघि एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको थियो। राष्ट्रिय भेला सम्पन्न गरेको लगत्तै पार्टीले स्थानीय तहका जनप्रतिनिधिहरूको भेला आयोजना गर्न लागेको हो।
सम्बन्धित खबर




प्रतिक्रिया