बागमतीमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु


हेटौँडा । बागमती प्रदेशमा बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार पछिल्लो २४ घण्टामा बाढी पहिरोका कारण ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार पहिरोका कारण प्रदेशमा ५ जना र बाढीबाट एक जनाको मृत्यु भएको छ । बिहीबारदेखि भएको वर्षाका कारण खसेको पहिरो र बाढीका कारण प्रदेशको काभ्रे, सिन्धुली र सिन्धुपाल्चोकमा मानवीय क्षति भएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौँडाका अनुसार प्रदेशमा बाढी पहिरोमा परेका र उच्च जोखिममा रहेको खोजी तथा उद्धारका लागि १२० जना प्रहरी परिचालन गरिएको छ ।

बाढी पहिरोको घटनामा परेका र जोखिम नियन्त्रणका लागि मकवानपुरमा १०, चितवनमा २०, धादिङमा १०, काभ्रेमा ५०, दोलखामा १०, सिन्धुलीमा १५ जना प्रहरी परिचालन गरिएको छ ।

२०८१ आश्विन १२, शनिबार १२:०२ प्रकाशित
ट्रेन्डिङ समाचार