
काठमाडौँ । न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत पाटन र तुल्सीपुरका मुख्य न्यायाधीशलाई सिफारिस गर्ने निर्णय गरेको छ । परिषद्ले पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र तुल्सीपुरका नित्यानन्द पाण्डेको नाम सिफारिस गरेको हो ।
२०८१ आश्विन ११, शुक्रबार १५:२१ प्रकाशित