काठमाडौँ । शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको छ । बिहीबार १ लाख ६० हजार ७०० मा कारोबार भएको सुनको मूल्य शुक्रबार १ लाख ६१ हजार २०० तोकिएको छ । यो हालसम्मकै उच्च मूल्य हो । पछिल्लो समय सुनको मूल्यमा हरेक दिन रेकर्ड कायम हुन थालेको छ ।
२०८१ आश्विन ११, शुक्रबार १२:४१ प्रकाशित