यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रा सहटी दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर र पाउण्ड स्ट्रलिङको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ छ पैसा रहेको छ । विनिमय दरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४९ रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ९४ पैसा कायम भएको छ ।

युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ३२ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७८ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ २३ पैसा कायम भएको छ ।

यस्तै, आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा तय भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २४ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा कायम छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७८ पैसा कायम भएको छ ।

२०८१ आश्विन १०, बिहीबार ०९:१० प्रकाशित
ट्रेन्डिङ समाचार