काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना छनोट र कार्यान्वयनको प्रक्रियालाई पारदर्शी बनाउन जरुरी रहेको बताएका छन् । जिल्ला समन्वय समिति अर्घाखाँचीको सन्धि खर्कमा आज आयोजना गरिएको वार्षिक समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले सो कुरा बताएका हुन् ।
उनले सरकारले तीन तहका सरकारले गर्ने हरेक काम पारदर्शी र जनताले सहजै थाहा पाउने गरी गर्नुपर्ने बताएका छन् । चालू आर्थिक वर्षमा विनियोजन भएका बजेटको पूर्ण कार्यान्वयन गर्दे लुम्बिनी पूरक र रुपान्तरण नगरी त्यही बजेटलाई कार्यान्वयन गर्ने प्रस्टाए ।
उनले योजना कार्यान्वयन हुँदा गरिने बदमासी र चुहावटलाई रोक्न पाँच लाख भन्दा माथिका सबै योजनालाई प्रतिस्पर्धाको माध्यमबाट गर्ने अगाडि बढाउने बताए । समीक्षा कार्यक्रममा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरे, पूर्वमन्त्री सुशीला श्रीपाली, जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनाराण कोइराला लगायतले आ आफ्नो मन्तव्य राखेका थिए ।