सकियो छविलाल जोशीको पहिलो दिनको बयान


पोखरा । गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको पहिलो दिनको बयान सकिएको छ ।

जोशी सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन आरोपमा पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधीश कमला काफ्लेको उपस्थितिमा जोशीको मंगलबार बयान लिइएको हो । बयान बुधबार पनि जारी रहने छ ।

आइतबार काठमाडौँबाट पक्राउ परेका जोशीलाई सोही राति जहाजमार्फत पोखरा ल्याइएको थियो ।

सोमबार जिल्ला अदालत कास्कीले जोशीलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

जोशीविरुद्ध सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ कसुरमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कास्कीले १० दिनको म्याद मागेको थियो ।

पूर्वडीआईजी समेत रहेका जोशी सहकारीको रकम हिनामिना गरेर फरार रहेको गितेन्द्रबाबु राई ९जिबी० र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग गोरखा मिडिया नेटवर्कमा साझेदार थिए ।

संसदीय छानबिन विशेष समितिले सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा ल्याएको खुलेपछि कारबाही गर्न सिफारिस गरेको थियो ।

२०८१ आश्विन ८, मंगलवार १७:२४ प्रकाशित
ट्रेन्डिङ समाचार