लुम्बिनी विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीले गरे हातपात


बुटवल। लुम्बिनि विकास कोषका पदाधिकारीमाथि निर्माण व्यवसायीहरूले मंगलबार हातपात गरेका छन्।

राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको मंगलबार लुम्बिनीस्थित एक होटलमा कार्याक्रम भइरहेको बेला ठेकेदारहरूको एक समूह होहल्ला गर्दै आक्रमणमा उत्रेका हुन्।

उनीहरूले कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराई र सदस्य सचिव सानुराजा शाक्यलाई हातपात गरेका हुन्। समितिका सभापतिमा सोनाम गेल्जेन शेर्पाकै अगाडि आक्रमण भएको हो। बैठक चलिरहेकै बेला आक्रमण भएको हो।

२०८१ आश्विन ८, मंगलवार १६:३६ प्रकाशित
ट्रेन्डिङ समाचार