काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दलको कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बैठक बोलाइएको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । पाण्डेका अनुसार पछिल्लो राजनीतिक अवस्था, संसद्को कामकारबाही प्रभावकारी बनाउने विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।
२०८१ भाद्र २८, शुक्रबार ११:२३ प्रकाशित