काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए । उपसभामुखलाई हटाउने विषयमा सत्ता र प्रतिपक्षी दलबीच बढ्दो विवादका कारण उत्पन्न असहज स्थितिका कारण बैठक स्थगित भएको बताइएको छ ।
२०८१ भाद्र २६, बुधबार १७:५४ प्रकाशित