काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री समेत रहेका सांसद धवलशमशेर राणाले उपत्यकाका नदी किनारामा २० मिटर जग्गा छोड्नुपर्ने फैसलाविरुद्ध सर्वोच्चमा पुनरावलोकनमा जानुपर्ने बताएका छन् ।
यदि पुनरावलोकनमा गएर फैसला नबदल्ने भए काठमाडौँमा जनता सडकमा उत्रने र धेरैको ज्यान जाने उनले बताए । सोमबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले २०६५ साल मङ्सिर १ गतेको निर्णयमा सर्वोच्च अदालतको निर्णयले हजारौँको जनधन शून्यतामा परिणत हुने बताए ।
२०८१ भाद्र २४, सोमबार १३:५५ प्रकाशित