बङ्गलादेशका निर्वाचन प्रमुखद्वारा राजीनामा


ढाका । बङ्गलादेशका निर्वाचन प्रमुखले बिहीबार पदबाट राजीनामा दिएका छन् । जनवरीमा भएको निर्वाचनमा उनले राजनीतिक हस्तक्षेपलाई अस्वीकार गरेका छन् । उक्त निर्वाचनमा निरङ्कुश नेता शेख हसिना पुनःनिर्वाचित भएकी थिइन् । हसिना विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनपछि देश छाडेर भागेकी थिइन् ।

काजी हबिबुल अवाल र मुलुकका चार अन्य आयुक्तले पूर्वप्रधानमन्त्री हसिनाको निष्कासनलाई त्यसो गर्नुको कारण औँल्याएर राजीनामा दिएका हुन् । उनीहरू केन्द्रीय बैंकका गभर्नर र सर्वोच्च अदालतका न्यायाधीशहरूसहित हसिनाको पलायनपछि आफ्नो पद छाड्ने हसिनाद्वारा नियुक्त सार्वजनिक अधिकारीरूमध्ये पछिल्लो हुन् ।

“मुलुकको बदलिँदो परिदृश्यलाई ध्यानमा राख्दै म र अन्य आयुक्तहरूले राजीनामा दिने योजना बनायौँ”, अवालले पत्रकारहरूसँग भने । पाँच आयुक्तले जनवरीमा भएको निर्वाचनको अध्यक्षता गरेका थिए । निर्वाचनले हसिनालाई लगातार चौथो पटकको कार्यकाल र उनको अवामी लिग पार्टी र सहयोगीहरूलाई सिटहरूमा करिब एकाधिकारको ग्यारेन्टी दिएको थियो ।

कम मतदानका कारण निर्वाचन प्रभावित भएको थियो र मुख्य विपक्षी बङ्गलादेश नसनलिस्ट पार्टी (बिएनपी) ले हजारौँ सदस्य पक्राउ परेकाले निर्वाचन बहिष्कार गरेको थियो । अधिकार समूहहरू र पश्चिमी सरकारहरूले मतदानलाई अस्वाभाविक र अनुचित भन्दै आलोचना गरेका थिए ।

२०८१ भाद्र २०, बिहीबार १६:५५ प्रकाशित
ट्रेन्डिङ समाचार