
काठमाडौं । भदौ १४ गतेदेखि विभिन्न देशका लागि प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया सुरु हुने भएको छ ।
मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले प्रस्तावित १७ देशका राजदूतहरुमाथि परेको उजुरीसहितको सुनुवाइ सुरु गर्न लागेको हो । सो सुनुवाइ विभिन्न दिन गरी ८ दिनमा गरिसक्ने कार्यतालिका रहेको छ ।
उजुरी थोरै भएकाले सुनुवाइ प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।
२०८१ भाद्र ११, मंगलवार १४:३३ प्रकाशित