ADVERTISEMENT

गच्छदारले देउवालाई भने- अब बलबहादुर केसीलाई सभापति बनाऔं


काठमाडौँ  । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठकमा आज पदाधिकारी र पूर्व पदाधिकारीहरुले बोल्ने क्रम जारी छ ।बैठकमा नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री विजयकुमार गच्छेदारले सभापति देउवासँग भावी नेतृत्वको बारेमा खुलेरै कुरा राख्नुभएको छ ।

नेता गच्छेदारले सभापति देउवातर्फ फर्कँदै भन्नुभयो-” अब तपाइँ नेपाली काँग्रेसको सभापति र पटक पटक प्रधानमन्त्री भइसक्नुभयो। यसमा म र अरु धेरै नेताहरुको सहयोग छ । तर अब तपाइँले हामीलाई भन्नुपर्‍यो कि भावी नेत‌ृत्व कसलाई दिने?”

नेता गच्छेदारले आफू पनि सभापतिका लागि उत्तिकै योग्य भएको तर देउवाले चाहेको व्यक्ति जसलाई  सभापति बनाउन पनि आफू तयार रहेको धारणा राख्नुभयो । नेता गच्छेदारले भन्नुभयो-” तपाइँजस्तै अझ तपाइँभन्दा बढी नेविसंघदेखि नै लडेर आउनुभएका बलबहादुर केसीलाई अबको सभापति बनाऔँ, म तयार छु । तर तपाइँले भन्नुपर्‍यो।”

पटक पटक बलबहादुर केसीलाई सभापतिमा अघि सारौँ भनेपछि अरु नेताहरु कृष्णप्रसाद सिटौला, बिमलेन्द्र निधी, प्रकाशमान सिंह जसलाई देउवाले चाहानुहुन्छ उसैलाई सभापति स्वीकार्न  पनि आफू तयार रहेको धारणा नेता गच्छेदारले राख्नुभएको थियो । गच्छेदारले बोल्नुअघि नेताहरु सिटौाला र केसीले बोल्नुभएको थियो ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार