घट्यो सुनचाँदीको मूल्य


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख  ५१  हजार ९ सय रुपैयाँ कायम भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो।  यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

२०८१ भाद्र ६, बिहीबार १२:०५ प्रकाशित
ट्रेन्डिङ समाचार