२ करोडमाथि भ्रष्टाचार गर्नेलाई जन्म कैद गरौँ : सांसद कार्की


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की  सांसद रोशन कार्कीले २ करोडमाथिको  भ्रष्टाचार गर्नेहरूलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेकी छन्।  राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पाँच हजार भ्रष्टाचार गर्ने र अर्वौ भ्रष्टाचार गर्नेलाई उस्तै कारबाही हुन नहुने बताइन् ।

उनले भ्रष्टाचार नियन्त्रणमा राजनीतिक प्रतिबद्वता हुनुपर्नेमा जोड दिइन् ।  उनले भ्रष्टाचार मुद्दामा कुनै पनि हद म्याद राख्न नहुने माग गरिन ।  हदम्याद राख्यौ भने भ्रष्टाचार गर्ने ऐन हुन्छ। उनले निजी क्षेत्रलाई अख्तियार मातहत राख्न नहुने बताइन् ।  सतर्कता केन्द्र भर्ती केन्द्र बनाउने काम भएकोमा पनि उनले आपत्ति जनाइन् ।

२०८१ भाद्र ५, बुधबार १३:२४ प्रकाशित
ट्रेन्डिङ समाचार