
काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत भएसँगै त्यस सम्बन्धमा शीर्ष नेताहरूले आफ्नो धारणा राख्ने तयारी भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
२०८१ श्रावण ३०, बुधबार १२:२५ प्रकाशित