
काठमाडौं । नक्कली सवारी चालक अनुमतिपत्र जारी भएका घटनामा करिब दुई दर्जन आरोपितविरूद्ध मुद्दा दायर भएपछि त्यस्तो लाइसेन्स लिएका कतिपय व्यक्तिहरू त्यसलाई रद्द गराउन अनुरोध गर्दै आफ्नो सम्पर्कमा आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।
यातायात व्यवस्था विभागका महानिर्देशकका अनुसार लाइसेन्सको तथ्याङ्क प्रणालीमा नै किर्ते गरेर झन्डै एक लाख दुई हजार नक्कली सवारी चालक अनुमतिपत्र वितरण गरिएको हुन सक्ने आशङ्का गरिएको छ।
विभागले अनुसन्धान गरेर आफ्नो प्रतिवेदन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको थियो।
त्यसकै आधारमा प्रहरीले थप अनुसन्धान गरेर एक जना उपसचिवसहित करिब दुई दर्जनमाथि मुद्दा दायर गरेको थियो। तीमध्ये कतिपय अझै फरार रहेका छन्।
२०८१ श्रावण २४, बिहीबार २३:०६ प्रकाशित