टीआरसी विधेयकको प्रतिवेदन तयार


काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकको प्रतिवेदन तयार भएको छ ।

२५ फागुन २०७९ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विवादित  विधेयक सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो ।

आज समितिमा विधेयकलाई निष्कर्षमा पुर्‍याउनका लागि छलफल भइरहेको छ ।

विधेयकमा सम्बन्धमा नमिलेका ४ वटा विषयमा यसअघि कार्यदलले गरेको सहमति शीर्ष नेताले पनि बुधबार अनुमोदन गरिसकेका थिए ।

 

सहमति जुट्न नसकेको विषयमाथि छलफल र सहमति गर्न असार १३ गते कांग्रेस, एमाले र माओवादीका नेता सम्मिलित ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

२०८१ श्रावण २४, बिहीबार १२:३५ प्रकाशित
ट्रेन्डिङ समाचार