ढाका । बंगलादेशमा हिंसा भड्किएपछि शेख हसिनाले प्रधानमन्त्रीको पद त्यागेर भारतमा शरण लिएकी छिन् । भारतबाट उनी बेलायत जान सक्ने अनुमानहरू आइरहेका छन् ।
यसैबीच बंगलादेशमा सेनाको नेतृत्वमा अन्तरिम सरकार गठनको तयारी भइरहेको छ । सञ्चार माध्यमहरूमा छापिएका खबरका अनुसार नोबेल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसले बंगलादेशको अन्तरिम सरकारको नेतृत्व गर्न सक्नेछन् ।
प्रदर्शनरत विद्यार्थी संगठनका नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न मोहम्मद युनुसलाई अनुरोध गरेको बताइएको छ ।
राष्ट्रपतिलाई उनीहरूले सकेसम्म छिटै युनुसको नेतत्वमा अन्तरिम सरकार बनाउन अनुराध गरेका छन् । विद्यार्थी नेताहरूले युनुससँग पनि कुराकानी गरेको र बंगलादेशका लागि यो महत्त्वपूर्ण जिम्मेवारी बहन गर्न उनी राजी भएक बताइएको छ ।
२०८१ श्रावण २२, मंगलवार १२:१६ प्रकाशित