
काठमाडौं । इजिप्टको कायरोस्थित नेपाली दूतावासले लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन सुझाव दिएको छ।
इजरायलको आक्रमणमा इरानमा हमास प्रमुख इस्माइल हनिया तथा लेबनानमा हिजबुल्लाहका कमान्डर फुआद सुकर मारिएपछि मध्यपूर्वमा हिंसा चर्किने खतरा बढेसँगै लेबनानसमेत हेर्ने इजिप्टको कायरोस्थित नेपाली दूतावासले एक सूचना जारी गरी यस्तो सुझाव दिएको हो ।
जारी सूचनामा भनिएको छ, ‘लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायानुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ।’
कायरोमा सम्पर्कका लागि–
इमेल : [email protected]
सम्पर्क व्यक्ति : दीपक घिमिरे – द्वितीय सचिव, फोन नम्बर +201097772348 (ह्वाट्सएप)
माधवराज काफ्ले – तृतीय सचिव, फोन नम्बर +201002505997 (ह्वाट्सएप)
बेरुतमा सम्पर्कका निम्ति–
इमेल : [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नम्बर +9613301181/+96171688821/+96181883713